Logo

मंगलवार, कार्तिक ११ गते २०८३

जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा एसएसपी खड्काले मानव अधिकार आयोगमा दिए बयान

जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा एसएसपी खड्काले मानव अधिकार आयोगमा दिए बयान

जोईन खबर

१३, आश्विन २०८३
  • 439
    SHARES
  • जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा एसएसपी खड्काले मानव अधिकार आयोगमा दिए बयान

    १३ असोज काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई हिरासतमा भेट्न नदिएको विषयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले राष्ट्रिय मानव अधिकार आयोग पुगेर बयान दिएका छन्।

    images

    आयोगका पदाधिकारीलाई हिरासत अनुगमन तथा भेटका लागि रोक लगाइएको विषयमा आयोगले एसएसपी खड्कालाई मंगलबार बयानका लागि बोलाएको थियो। सोहीअनुसार खड्का मंगलबार बिहान आयोगको कार्यालय पुगेका थिए।

    images
    images
    images

    खड्काले आयोगका पदाधिकारीसमक्ष करिब एक घण्टा बयान दिएका छन्। आयोगका प्रवक्ता डा। टीकाराम पोखरेलका अनुसार खड्कासँग जबरालाई हिरासतमा भेट्न तथा हिरासत अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गरिएको थियो।“साढे ११ बजेतिर उहाँ उपस्थित हुनुभएको थियो। आयोगले भेट अनुगमन गर्न नदिएको विषयमा सोधपुछ गरेको छ,” प्रवक्ता पोखरेलले बताए।

    बयानपछि एसएसपी खड्का आयोगबाट फर्किसकेका छन्। आयोगले हिरासतमा रहेका व्यक्तिको मानव अधिकारको अवस्थाबारे अनुगमन गर्ने क्रममा आफ्ना पदाधिकारीलाई रोक लगाइएको विषयमा छानबिन अघि बढाएको हो।यसैबीच, पूर्वप्रधानन्यायाधीश जबरा सोमबार नै हिरासतमुक्त भइसकेका छन्।

    प्रकाशित मिति :आश्विन १३, २०८३ मंगलवार - १५:१०:३६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको