Logo

बुधवार, कार्तिक १२ गते २०८३

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, ७७ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, ७७ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

जोईन खबर

१४, आश्विन २०८३
  • 421
    SHARES
  • कांग्रेसको १५औँ महाधिवेशन तयारी तीव्र, ७७ जिल्लामा निर्वाचन अधिकृत खटाइयो

    १४ असोज काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ केन्द्रीय महाधिवेशनको तयारी तीव्र बनाएको छ। आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएसँगै देउवा समूहले जिल्लास्तरमा महाधिवेशन तयारीलाई अघि बढाएको हो।

    images

    महाधिवेशन सम्पन्न गर्न शशांक कोइरालाको संयोजकत्वमा जिल्ला तयारी समितिहरू गठन गरिएको छ। गठन भएका जिल्ला तयारी समितिहरूले प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका तथा वडा तहमा तयारी समितिसमेत गठन गरिसकेका छन्।

    images
    images
    images

    तयारी कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन र असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तय गरिएको छ। त्यसैगरी मंसिर ४ गते प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको छ।

    महाधिवेशनलाई व्यवस्थित र निर्धारित समयमै सम्पन्न गर्न केन्द्रीय निर्वाचन समितिले पनि निर्वाचन प्रक्रिया अघि बढाएको छ। ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिको तर्फबाट निर्वाचन अधिकृत खटाइसकिएको जनाइएको छ।

    जिल्लादेखि वडा तहसम्मका अधिवेशन सम्पन्न गर्दै प्रदेश अधिवेशन हुँदै मंसिरमा केन्द्रीय महाधिवेशन गर्ने गरी कांग्रेसले आफ्नो सांगठनिक गतिविधि तीव्र पारेको हो। महाधिवेशनको मिति नजिकिँदै जाँदा पार्टीभित्र प्रतिनिधि छनोट, नेतृत्व चयन तथा संगठनात्मक तयारीका गतिविधि थप बढ्ने देखिएको छ।

    j_TCnXZLcu7B (1).webp831353058_1759072232012753_2600353714257189387_n_I1CR0TIlvW.webp

    प्रकाशित मिति :आश्विन १४, २०८३ बुधवार - २१:१५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको