Logo

मंगलवार, कार्तिक ११ गते २०८३

लाकुरीबोटको वडा सभापतिमा नवयुवक गणेश कामी निर्वाचित

लाकुरीबोटको वडा सभापतिमा नवयुवक गणेश कामी निर्वाचित

जोईन खबर

१६, आश्विन २०८३
  • 466
    SHARES
  • लाकुरीबोटको वडा सभापतिमा नवयुवक गणेश कामी निर्वाचित

    १६ असोज गोरखा । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत शेरबहादुर देउवा पक्षले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाझ लाकुरीबोटको वडा सभापतिमा नवयुवक गणेश कामीलाई निर्वाचित गरेको छ ।

    images

    कांग्रेसको महाधिवेशनअन्तर्गत वडा तहमा भइरहेको अधिवेशनका क्रममा कामी वडा सभापतिमा निर्वाचित भएका हुन् । युवालाई नेतृत्वमा अघि बढाउने क्रममा कामीलाई वडा सभापतिको जिम्मेवारी दिइएको हो ।

    images
    images
    images

    यसअघि गगन थापा पक्षले पनि बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाझ लाकुरीबोटमा वडा अधिवेशन सम्पन्न गरिसकेको थियो । कांग्रेसको १५औँ महाधिवेशनका क्रममा जिल्लाका विभिन्न वडा तथा स्थानीय तहमा दुवै पक्षले संगठनात्मक गतिविधि र अधिवेशनलाई तीव्रता दिएका छन् ।

    बारपाक सुलिकोट गाउँपालिकाको अधिवेशन भने आगामी असोज २० गते पाल्खुमा आयोजना हुने भएको छ । गाउँपालिका अधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको आगामी संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने तयारी गरिएको छ।

    प्रकाशित मिति :आश्विन १६, २०८३ शुक्रवार - १२:१८:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको