Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१० वर्षीया बालिकाको अपहरण आरोपमा युवक गोली हानेर पक्राउ

१० वर्षीया बालिकाको अपहरण आरोपमा युवक गोली हानेर पक्राउ

जोईन खबर

१८, आश्विन २०८३
  • 385
    SHARES
  • १० वर्षीया बालिकाको अपहरण आरोपमा युवक गोली हानेर पक्राउ

    १८ असोज रुपन्देही । १० वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले एक युवकलाई गोली हानेर पक्राउ गरेको छ। प्रहरीले तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय युवराज थारु ‘विशाल’लाई शनिबार राति सोही क्षेत्रको धानखेतबाट नियन्त्रणमा लिएको हो।

    images

    प्रहरीका अनुसार बालिका अपहरण गरेको सूचनाका आधारमा खोजी गर्ने क्रममा थारुलाई धानखेतमा फेला पारिएको थियो। नियन्त्रणमा लिन खोज्दा प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको बताइएको छ।

    images
    images
    images

    गोली लागेर घाइते भएका थारुलाई नियन्त्रणमा लिएपछि उपचारका लागि अस्पताल लगिएको छ। बालिकालाई भने प्रहरीले सकुशल उद्धार गरेको जनाएको छ।

    घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ। अपहरणको कारण, घटनामा अन्य व्यक्तिको संलग्नता तथा बालिकालाई कहाँ र कसरी लगिएको थियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन १८, २०८३ आइतवार - १३:१९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको