Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस उपसभापतिमा खुलातर्फ ९ उम्मेदवार, मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने तयारी

कांग्रेस उपसभापतिमा खुलातर्फ ९ उम्मेदवार, मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने तयारी

जोईन खबर

२१, आश्विन २०८३
  • 310
    SHARES
  • कांग्रेस उपसभापतिमा खुलातर्फ ९ उम्मेदवार, मिनेन्द्र रिजालले उम्मेदवारी फिर्ता लिने तयारी

    २१ असोज काठमाडौं । नेपाली कांग्रेसमा यसपटकदेखि तीन जना उपसभापति रहने भएका छन्। महिलातर्फ उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसकेकी छन् भने दुई खुला उपसभापति पदका लागि ९ जनाको उम्मेदवारी परेको छ।

    images

    खुलातर्फ उपसभापति पदका लागि चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई, डा.चन्द्रमोहन यादव र डा.मिनेन्द्र रिजालले उम्मेदवारी दिएका छन्।

    images
    images
    images

    उम्मेदवारी दर्तापछि कांग्रेसभित्र खुला उपसभापतिको प्रतिस्पर्धा थप रोचक बनेको छ। दुई पदका लागि ९ जना मैदानमा रहेकाले नेताहरूले आफ्नो पक्षमा प्रतिनिधिहरूलाई आकर्षित गर्न सक्रियता बढाएका छन्।

    यसैबीच डा. मिनेन्द्र रिजालले भने उपसभापति पदको उम्मेदवारी फिर्ता लिने तयारी गरेको बताइएको छ। उनले उम्मेदवारी फिर्ता लिएमा खुलातर्फ उपसभापतिका उम्मेदवारको संख्या ८ मा झर्नेछ।

    कांग्रेसको नयाँ संरचनाअनुसार महिला सहभागिता सुनिश्चित गर्दै एक जना महिला उपसभापति रहने व्यवस्था गरिएको छ। सो पदमा पुष्पा भुसाल निर्विरोध भइसकेकी छन्।

    अब दुई खुला उपसभापति पदका लागि हुने निर्वाचनमा कांग्रेसका प्रभावशाली नेताहरूबीच प्रतिस्पर्धा हुने देखिएको छ। उम्मेदवारहरूले संगठन सुदृढीकरण, पार्टी एकता, कार्यकर्ताको सम्मान र कांग्रेसलाई आगामी दिनमा थप सशक्त बनाउने एजेन्डालाई प्राथमिकतामा राख्दै प्रतिनिधिसँग मत मागिरहेका छन्।

    खुला उपसभापतिको निर्वाचनले कांग्रेसको नेतृत्वमा आगामी शक्ति सन्तुलनसमेत निर्धारण गर्ने भएकाले यसलाई महाधिवेशनको महत्वपूर्ण प्रतिस्पर्धाका रूपमा हेरिएको छ।

    प्रकाशित मिति :आश्विन २१, २०८३ बुधवार - १०:५८:०० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको