Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एमाले छाड्नु जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ थियो : झलनाथ खनाल

एमाले छाड्नु जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ थियो : झलनाथ खनाल

जोईन खबर

२२, आश्विन २०८३
  • 475
    SHARES
  • एमाले छाड्नु जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ थियो : झलनाथ खनाल

    २२ असोज काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमाले छाड्नु आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो ‘ब्लन्डर’ (भूल) भएको बताएका छन्।

    images

    खनालले आफू दुवै मिर्गौला फेल भएर मृत्युशय्यामा रहेका बेला पार्टीभित्रको अवस्थाबारे आफूलाई गलत सूचना दिइएको र त्यसैको प्रभावमा एमाले छाड्ने निर्णयमा पुगेको बताएका हुन्।

    images
    images
    images

    ‘मेरो दुवै मिर्गौला फेल भएर म मृत्युशय्यामा थिएँ। शरीर अहिलेभन्दा तीन गुणा सुन्निएको थियो। मलाई अब नेपाल मेरो पार्थिव शरीर मात्रै फर्किन्छ होला भन्ने लागेको थियो,’ उनले भनेका छन्।

    त्यस्तो गम्भीर अवस्थामा आफूलाई काठमाडौंमा पार्टीभित्रको अवस्थाबारे पूर्णतः गलत सूचना दिइएको खनालको भनाइ छ। ‘ओलीले सबै ढोका बन्द गरे, अब विद्रोहको विकल्प छैन भनियो। म भ्रममा परेँ,’ उनले भने।

    खनालले एमालेसँग आफ्नो लामो राजनीतिक इतिहास जोडिएको स्मरण गर्दै आफूले पार्टी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्। उनका अनुसार २०३९ सालदेखि २०४६ सालसम्म उनले तत्कालीन मालेको नेतृत्व गरेका थिए। आठौँ महाधिवेशनपछि पुनः पार्टीको नेतृत्व सम्हाल्दै तेस्रो स्थानमा खुम्चिएको एमालेलाई पहिलो पार्टी बनाउन भूमिका खेलेको पनि उनले बताएका छन्।

    ‘एमाले त मैले बनाएको पार्टी हो। २०३९ सालदेखि २०४६ सम्म मैले नै तत्कालीन मालेको नेतृत्व गरेँ। फेरि आठौँ महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेर तेस्रो स्थानमा खुम्चिएको एमालेलाई पहिलो पार्टी बनाएँ,’ खनालले भने।

    एमालेभित्र आफ्नो रगत, पसिना र जीवनको ऊर्जाशील समय जोडिएको उल्लेख गर्दै उनले परिस्थितिको गलत विश्लेषण र नेतृत्व तहको पदीय स्वार्थका कारण आफू त्यही पार्टीबाट बाहिरिएको बताएका छन्।

    ‘त्यो पार्टीभित्र मेरो रगत, पसिना र जीवनको ऊर्जाशील समय जोडिएको छ। तर, परिस्थितिको गलत विश्लेषण र नेतृत्व तहको पदीय स्वार्थको घानमा परेर त्यही घर छाड्नु मेरो जीवनकै अक्षम्य ब्लन्डर बन्यो,’ उनले भने।खनालले एमाले छाड्ने निर्णयलाई आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो भूलका रूपमा आत्मस्वीकार गरेका छन्।

    प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - १२:०९:४० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको