Logo

मंगलवार, कार्तिक ११ गते २०८३

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, गोरखाका शुसिलकाजी बानियाँ सञ्चालकमा निर्वाचित

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, गोरखाका शुसिलकाजी बानियाँ सञ्चालकमा निर्वाचित

जोईन खबर

२२, आश्विन २०८३
  • 568
    SHARES
  • सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, गोरखाका शुसिलकाजी बानियाँ सञ्चालकमा निर्वाचित

     
    २२ असोज काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बिहीबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न सभाले शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    images

    सभाले बैंकको चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर तथा ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।

    images
    images
    images

    साधारण सभाले आगामी चार वर्षका लागि सञ्चालक समिति समेत चयन गरेको छ। सभाबाट निर्वाचित सञ्चालकमध्ये गोरखाका शुसिलकाजी बानियाँ पनि सञ्चालकमा निर्वाचित भएका छन्।

    त्यस्तै, उज्ज्वल सत्याल सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन्। नयाँ सञ्चालक समितिले बैंकको आगामी रणनीति, व्यवसाय विस्तार तथा संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने जनाएको छ।

    सभाले आर्थिक वर्ष २०८२र८३ को वार्षिक तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।

    त्यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन, अन्य आवश्यक संस्थागत विषय तथा बैंक तथा वित्तीय संस्था गाभ्नेरगाभिने वा प्राप्ति (मर्जररएक्विजिसन) सम्बन्धी प्रस्तावसमेत साधारण सभाबाट पारित भएको छ।

    बैंकका अनुसार हाल सांग्रिला डेभलपमेन्ट बैंकले देशका विभिन्न स्थानमा १०९ शाखा र ३० वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    साधारण सभाबाट पारित निर्णयसँगै बैंकले आगामी दिनमा सेवा विस्तार, व्यवसायिक वृद्धि तथा शेयरधनीको हितलाई प्राथमिकतामा राख्दै आफ्नो गतिविधि अघि बढाउने जनाएको छ।

    प्रकाशित मिति :आश्विन २२, २०८३ बिहिवार - २१:०१:२४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको