Logo

मंगलवार, कार्तिक ११ गते २०८३

दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, चालक र सहचालकसहित सात जना घाइते

दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, चालक र सहचालकसहित सात जना घाइते

जोईन खबर

२६, आश्विन २०८३
  • 310
    SHARES
  • दाउन्नेमा यात्रुबाहक बस दुर्घटना, चालक र सहचालकसहित सात जना घाइते

    २६ असोज काठमाडौँ। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी पश्चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

    images

    प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१–००१ ख २३३० नम्बरको बस आज बिहान नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ स्थित यस मोड नजिकै अनियन्त्रित भई सडकमा पल्टिएको हो।

    images
    images
    images

    दुर्घटनाका बेला बसमा करिब ४० देखि ४५ जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते भएका सातै जनालाई उपचारका लागि बर्दघाट नगर अस्पताल, चिसापानी पठाइएको प्रहरीले जनाएको छ।

    घाइते हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुष्कर सिंह धामी, अछामको साँफेबगर नगरपालिका–५ की २६ वर्षीया मौसमी ओढ, दार्चुलाको मार्मा गाउँपालिका–३ की ३० वर्षीया भगवती अवस्थी र कैलालीको लम्कीचुहा नगरपालिका–८ की २९ वर्षीया निर्मला खड्का रहेका छन्।

    त्यसैगरी दार्चुलाको मार्मा गाउँपालिका–३ का ४८ वर्षीय धनञ्जय जोशी, कैलालीको गौरीगंगा नगरपालिका–१० का ३९ वर्षीय बसचालक इन्द्र विक र कैलालीको गोदावरी नगरपालिका–१ का ४६ वर्षीय सहचालक मोहन जोशी पनि घाइते भएका छन्।

    बस सडकमा पल्टिने क्रममा सोही दिशाबाट आइरहेको एचआर ३९ जी २८७६ नम्बरको भारतीय ट्रकमा समेत सामान्य ठक्कर लागेको थियो। ठक्करका कारण ट्रकको पछाडिको भागमा क्षति पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आश्विन २६, २०८३ सोमवार - ११:२२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको