Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको जित निश्चित

कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको जित निश्चित

जोईन खबर

२७, आश्विन २०८३
  • 439
    SHARES
  • कांग्रेस सहमहामन्त्री (खुला) मा रामहरि खतिवडाको जित निश्चित

    २७ असोज काठमाडौं । नेपाली कांग्रेसको जारी मतगणनामा सहमहामन्त्री (खुला)पदमा रामहरि खतिवडाको जित निश्चित भएको छ। हालसम्म गणना भएको मतपरिणाम र बाँकी मतको अवस्थाका आधारमा खतिवडाको जित सुनिश्चित भएको हो।

    images

    निर्वाचन समितिका अनुसार कांग्रेस महाधिवेशनमा कुल ७ हजार ३९ मत खसेको छ। त्यसमध्ये हालसम्म ५ हजार ५ सय ८८ मत गणना भइसकेको छ। गणना भएको मतमध्ये खतिवडाले २ हजार ३ सय ५९ मत प्राप्त गर्दै पहिलो स्थान कायम गरेका छन्।

    images
    images
    images

    सहमहामन्त्री (खुला) का दुई पदका लागि ९ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। हालसम्मको मतपरिणामअनुसार अजयबाबु सिवाकोटी १ हजार ७ सय २४ मतसहित दोस्रो स्थानमा छन् भने डिल्लीराम सुवेदी १ हजार ४ सय ५१ मतसहित तेस्रो स्थानमा रहेका छन्।

    खतिवडा र तेस्रो स्थानमा रहेका सुवेदीबीच ९ सय ८ मतको अन्तर छ। हालसम्मको मतगणनाको परिणाम र बाँकी मतको अवस्थालाई हेर्दा खतिवडाको जित निश्चित भएको हो। मतगणना जारी रहे पनि खतिवडाले सुरुदेखि नै अग्रता कायम राखेका छन्। औपचारिक अन्तिम परिणाम भने निर्वाचन समितिले मतगणना सम्पन्न भएपछि सार्वजनिक गर्नेछ।

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - १२:५१:२५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको