Logo

मंगलवार, कार्तिक ११ गते २०८३

ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, जितसँगै शीर्ष ६ मा पुग्ने लक्ष्य

ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, जितसँगै शीर्ष ६ मा पुग्ने लक्ष्य

जोईन खबर

२७, आश्विन २०८३
  • 271
    SHARES
  • ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने, जितसँगै शीर्ष ६ मा पुग्ने लक्ष्य

    २७ असोज काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

    images

    ओमानको अल अमिरात क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

    images
    images
    images

    नेपाल लगातार दोस्रो जित निकाल्दै विश्वकप लिग–२ को अंकतालिकामा शीर्ष ६ मा आफ्नो सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ। नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो।

    यता, घरेलु टोली ओमान पनि नेपाललाई हराउँदै अंकतालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ। ओमानले पनि शृंखलाको पहिलो खेलमा क्यानडालाई ४१ रनले पराजित गरेको थियो। अंकतालिकामा नेपालको नजर शीर्ष ६ मा हालको अंकतालिकाअनुसार ओमान २९ खेलबाट ३३ अंक जोड्दै चौथो स्थानमा रहेको छ। नेपाल भने ३३ खेलबाट २६ अंक प्राप्त गर्दै छैटौँ स्थानमा उक्लिएको छ। त्यस्तै, क्यानडा ३४ खेलबाट २५ अंक जोड्दै सातौँ स्थानमा झरेको छ।

    नेपाल र ओमानबीचको यस खेलले दुवै टोलीको अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। नेपालका लागि जितले शीर्ष ६ मा रहने सम्भावना थप बलियो बनाउन सहयोग गर्नेछ भने ओमान घरेलु मैदानमा जित निकाल्दै आफ्नो स्थान सुरक्षित राख्ने प्रयासमा हुनेछ।

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - १३:०६:१० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको