Logo

मंगलवार, कार्तिक ११ गते २०८३

खगेन्द्र सुनार भन्छन्– ‘ममाथिका आरोप झुटा हुन्, निष्पक्ष छानबिन होस्’

खगेन्द्र सुनार भन्छन्– ‘ममाथिका आरोप झुटा हुन्, निष्पक्ष छानबिन होस्’

जोईन खबर

२७, आश्विन २०८३
  • 490
    SHARES
  • खगेन्द्र सुनार भन्छन्– ‘ममाथिका आरोप झुटा हुन्, निष्पक्ष छानबिन होस्’

    २७ असोज काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै पार्टी र सरकारसँग सत्यतथ्य छानबिन गर्न आग्रह गरेका छन्।

    images

    सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको दाबी गरेका छन्। विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको उल्लेख गर्दै उनले आफूलाई जोडेर सार्वजनिक गरिएको भनिएको अडियोप्रति पनि आपत्ति जनाएका छन्।

    images
    images
    images

    उनले सार्वजनिक भएका आरोपहरू अस्वीकार गर्दै ती सामग्री कृत्रिम बुद्धिमत्ता ९एआई० लगायतका प्रविधि प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन्। यद्यपि, उक्त दाबीको स्वतन्त्र पुष्टि भएको विवरण उपलब्ध छैन।

    सुनारले आफूविरुद्ध उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्। त्यसका लागि पार्टी र सरकारलाई आग्रह गर्दै छानबिनमा आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

    ‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई म हार्दिक अपिल गर्न चाहन्छु,’ उनले भनेका छन्।भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई घृणा र आरोपको निशानामा पारिएको उनको दाबी छ। आफूविरुद्ध फैलिएका भनिएका भ्रममा नपर्न उनले आम नागरिकलाई आग्रह गरेका छन्।

    सुनारले आफूमाथि हुने छानबिनमा सहयोग गर्न तयार रहेको स्पष्ट पार्दै आरोपहरूको सत्यतथ्य निष्पक्ष अनुसन्धानबाट बाहिर आउनुपर्ने बताएका छन्।

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - १३:२४:३० बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको