Logo

मंगलवार, कार्तिक ११ गते २०८३

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

जोईन खबर

२७, आश्विन २०८३
  • 484
    SHARES
  • कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित

    २७ असोज काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कर्णाली प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्।

    images

    कांग्रेसको मिडिया सेन्टरले सहमहामन्त्री ९पिछडिएको क्षेत्र० तर्फको अन्तिम मतपरिणामअनुसार शाही निर्वाचित भएको पुष्टि गरेको छ। यद्यपि, केन्द्रीय निर्वाचन समितिले भने औपचारिक रूपमा अन्तिम परिणाम घोषणा गरिसकेको छैन।

    images
    images
    images

    कांग्रेसको वेबसाइटमा प्रकाशित मतपरिणामअनुसार पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री पदमा कुल ६ हजार ७२९ मत खसेको थियो। त्यसमध्ये ३३ मत बदर भएको उल्लेख छ।

    प्राप्त मतपरिणामअनुसार शाहीले ३ हजार ९०६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३७६ मत पाएका छन्। त्यस्तै, सहमहामन्त्रीका अन्य उम्मेदवार राजन कुँवरले ३२४ मत र रामबहादुर विष्टले २६० मत प्राप्त गरेका छन्।

    १४औँ महाधिवेशनमा पराजित भएका थिए शाही

    जीवनबहादुर शाही यसअघि नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा पनि पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। तत्कालीन समयमा उनी पूर्वसभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बने पनि नेता डा। शेखर कोइराला समूहका उम्मेदवार बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।

    गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी नभएका शाही पछिल्लो समय गत असोज २ गते देउवा समूह छाडेर पार्टीको मूलधारमा फर्किएका थिए।

    यसपटक पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएसँगै शाहीले कांग्रेसको केन्द्रीय नेतृत्वमा आफ्नो स्थान सुनिश्चित गरेका छन्। यद्यपि, निर्वाचन समितिबाट औपचारिक अन्तिम परिणाम घोषणा हुन बाँकी रहेको छ।

    प्रकाशित मिति :आश्विन २७, २०८३ मंगलवार - १३:५३:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको