Logo

मंगलवार, कार्तिक ११ गते २०८३

शनिबारदेखि चल्ने भयो जनकपुरमा रेल, रेलमार्गको उदघाटनमा प्रधानमन्त्री देउवा पनि सहभागी हुने

शनिबारदेखि चल्ने भयो जनकपुरमा रेल, रेलमार्गको उदघाटनमा प्रधानमन्त्री देउवा पनि सहभागी हुने

जोईन खबर

१५, चैत्र २०७८
  • 889
    SHARES
  • शनिबारदेखि चल्ने भयो जनकपुरमा रेल, रेलमार्गको उदघाटनमा प्रधानमन्त्री देउवा पनि सहभागी हुने

    काठमाडौं । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको छ ।

    images

    प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

    images
    images
    images

    दुवै देशका प्रधानमन्त्रीले नयाँ दिल्लीबाट संयुक्तरूपमा श्रव्यदृश्यका माध्यमबाट रेल सवाको उद्घाटन गर्न लागेको मन्त्रालयले जनाएको छ ।

    जनकपुरमा आयोजना हुने कार्यक्रममा भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवको प्रमुख आथित्यता रहने रेल विभागका महानिर्देशक दीपकुमार भट्टराईले जानकारी दिए ।

    रेल सञ्चालनका लागि सरकारले यही चैत ८ गते अध्यादेशमार्फत आवश्यक कानूनी प्रबन्ध गरेको छ । विसं २०७५ मा नै रेलमार्ग निर्माण सकिएको भए पनि कानूनी तथा प्राविधिक जटिलताका कारण लामो समयसम्म रेल सञ्चालनको मिति तय हुन सकेको थिएन । कूल ३५ किलोमिटर लामो सो रेलमार्गमा चल्ने रेलका अन्तरदेशीय प्रकृतिको ब्रोडगेज हो ।

    मन्त्रालयका अनुसार २०७७ असोज पहिलो साता जनकपुर आइपुगेको रेल सञ्चालन गर्नेबारेमा यसअघि ठोस निर्णय हुन सकेको थिएन ।

    सरकारले सबै करसहित रु एक अर्ब तीन करोड बराबर खर्च गरेको रेल सञ्चालनमा नआउँदा रेलका लिकमा राखिएका सामानसमेत चोरी भएका थिए ।

    जनकपुरमा रेल आइपुगेको १७ महिनापछि सञ्चालन हुन लागेको हो । सरकारले रेलको भाडासमेत तय गरेको छ । सामान्य सिटमा यात्रा गर्नेलाई रु ७० र वातानुकूलित (एसी) सिटमा यात्रा गर्नेलाई रु ३०० बराबरको भाडा लाग्ने गरी दुई प्रकारको भाडा तय भएको छ ।

    यस्तै रेल दुर्घटनमा परी कोही कसैको ज्यान गएको खण्डमा रु सात लाखसम्म क्षतिपूर्ति दिइने व्यवस्थासमेत रेल्वे अध्यादेशमा गरिएको छ ।

    गत फागुनदेखि नै दैनिक एक पटक रेल सञ्चालन गरिँदै आएको थियो । सबै प्राविधिक तयारी पूरा भएको र कर्मचारीसमेत नियुक्त भई काममा खटिइसकेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १५, २०७८ मंगलवार - १८:४३:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको