Logo

बुधवार, कार्तिक १२ गते २०८३

जिल्लामा भाडादर समायोजन गर्ने वाइसियल नेपाल गोरखाले बुझायो ज्ञापन पत्र

जिल्लामा भाडादर समायोजन गर्ने वाइसियल नेपाल गोरखाले बुझायो ज्ञापन पत्र

जोईन खबर

८, जेठ २०८०
  • 697
    SHARES
  • जिल्लामा भाडादर समायोजन  गर्ने वाइसियल नेपाल  गोरखाले बुझायो ज्ञापन पत्र

    ८ जेठ काठमाडौं । जिल्लामा भाडादर समायोजन गर्न योङ्ग कम्युनिष्ट लिग नेपाल वाइसियल गोरखाले माग गरेको छ । आज जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक सिडियो पुस्कर रानालाई ज्ञापन पत्र बुझाउदैं भाडादर समायोजन गर्न माग गरेको वाइसियल गोरखाका संयोजक सागर श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    पेट्रोलियम पदार्थको मुल्यवृद्धिको कारण देखाउँदै पटक पटक सार्वजनिक यातायातको भाडा वृद्धि गर्ने गरिएको थियो । हाल पेट्रोलियम पदार्थको मूल्य घटेको र जिल्ला सदरमुकामदेखि विभिन्न स्थानसम्म जाने कच्ची सडकहरु ग्राभेल गरिएको र ग्राभेल गरिएका सडकहरु कालोपत्रे गरिसकिएको हुँदा र आउन जाना पनि सजिलाे र छिटाे भई रहदा पनि भाडा द्वार नघटने भएका कारण वाइसियलले  जिल्लाका यातायात व्यवसायी संघ संस्थाहरुसँग समन्वय गरी तत्काल यातायात व्यवस्था विभाग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्धारण गरेको भाडा दर कायम गर्न र भाडा दर समायोजन गर्न जोडदार माग गर्दछौं । 

    images
    images
    images

    gorkha.jpg

    आम सर्वसाधारणको दैनिक जीवनमा अत्यधिक उपयोग हुने यातायात क्षेत्रको व्याप्त मनपरी र विकृति नियन्त्रण गर्न भाडा दरको वैज्ञानिक समायोजन गर्न प्रशासन कार्यालयको सक्रिय पहल कदमीका निम्ति ज्ञापन पत्र मार्फत अनुरोध गरिएको  गोरखाका योङ्ग कम्युनिष्ट लिग   वाइसियल नेपालका  संयोजक सागर श्रेष्ठले बताउनुभयो ।

    प्रकाशित मिति :जेठ ८, २०८० सोमवार - १२:१९:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको