Logo

बुधवार, श्रावण १३ गते २०८३

यी हुन् सरकारले बढुवा गरेका तीन एआईजी, थपिए आईजीपीका प्रतिस्पर्धी

यी हुन् सरकारले बढुवा गरेका तीन एआईजी, थपिए आईजीपीका प्रतिस्पर्धी

जोईन खबर

१७, चैत्र २०७८
  • 739
    SHARES
  • यी हुन् सरकारले बढुवा गरेका तीन एआईजी, थपिए आईजीपीका प्रतिस्पर्धी

    काठमाडौं- सरकारले तीन प्रहरी नायव महानिरीक्षक (डीआइजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको छ। 

    images

    बसन्त पन्त, रविन्द्र धानुक धीरजप्रताप सिंहलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको हो। 

    बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    गृह मन्त्रालयको बढुवा सिफारिस समितिले चैत १ गते डीआईजीहरु बसन्त पन्त, रवीन्द्र धानुक र धीरजप्रताप सिंहलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो। लोकसेवा आयोगले सिफारिस सदर गरेसँगै ३ जना डीआईजीलाई एआईजी बढुवा गर्न सरकारलाई बाटो खुलेको थियो। 

    तर, उक्त सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको थियो। बढुवा भएकामध्ये धीरजप्रताप सिंह र रवीन्द्र धानुक आफूहरुभन्दा जुनियर भएको भन्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची ईश्वरबाबु कार्की, घनश्याम अर्यालले बढुवा उपर उजुरी सुन्ने समिति (लोकसेवा आयोग)मा उजुरी दिएका थिए। 

    उजुरी परेसँगै छानवीन समिति गठन गरेको थियो। उक्त समितिले छानविनपछि बढुवाको लागि सिफारिस गरेको थियो। बुढावा सिफारिस भएसँगै तीनमध्ये एक जना प्रहरी महानिरीक्षक बन्ने बाटो खुलेको छ।

    प्रकाशित मिति :चैत्र १७, २०७८ बिहिवार - १०:२५:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको