देशभर पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार १० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। ४ हजार ४०३ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो।
३ हजार ५८ जनाको पिसिआर र एक हजार ३४५ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै ३६ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३३४ सक्रिय संक्रमित छन्।