१ असार काठमाडौ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१, दोमिल्लाकी भगवती बुढालाई करेन्ट लाग्यो। ओदाल खोलामा बाढी थियो, तर्न सकिएन। बिरामी बचाउन पनि सकिएन,’ स्थानीयवासी जयमतीदेवी महरले भनिन्, ‘समयमै अस्पताल पुर्याउन सकेको भए बचाउन सकिन्थ्यो होला।’केही वर्षअघि दोमिल्लकै जंगबहादुर बुढा आफन्त बिमारी भएर औषधि किन्ने बजार गएका थिए। भोलिपल्ट साँझसम्म पनि फर्किन पाएनन्। खोला बाढी घटेर तर्न सकिने हुन्जेल पर्खे।उनी ओदाल खोलाको भेलबाढीका भुक्तभोगी हुन्। उनीसँग खोलाको दुःखका अनेक अनुभवहरू छन्। उचुरेफेदमा रहेको कृष्णपुर नगरपालिकाको वडा नम्बर एकका केही बस्तीका बासिन्दाहरू प्रत्येक वर्ष यस्तै समस्यामा पर्छन्। करिब दुई हजार घरधुरी रहेका आठवटा गाउँका बीचबीचमा चार–पाँच वटा खहरे खोला छन्।पुल बनाइदेऊ भनेको धेरै वर्ष भयो। सरकारले बजेट दिने भएपछि २०७३ सालमा पुल बनाउन सम्झौता भएको थियो। त्यस वर्षको भदौमा बुडर–नायल–बंक सडकमा पर्ने ओदाल खोलामा पुल बनाउन ५ करोड ४७ लाख रुपैयाँमा ठेक्का भयो।सम्झौतामा २०७४ को फागुन १५ गतेभित्र निर्माण पूरा गर्ने भनिएको थियो।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर पीयूष चौटतका अनुसार अहिलेसम्म ६१ प्रतिशत आर्थिक प्रगति भएको छ। निर्माणको काम आधा बाँकी छ। ठेक्का पाएको ‘एमएस थेगिम गाल्वा जेभी’ ले ३ करोड ६० लाख रुपैयाँ भुक्तानी लिएको छ।सडक डिभिजनका कर्मचारीहरू ठेकेदारले टेर्नै छाडेको बताउँछन्। वर्षौंसम्म काम अड्काएपछि ठेकेदारसित १० प्रतिशत क्षतिपूर्ति पनि लिइएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका अधिकारीको भनाइ छ।
होटल, किराना पसल र अन्य व्यवसायीहरू मौका छोपेर सामान ल्याउँछन्।खोलामा पुल नबन्नुमा प्रमुख दोषी आफ्नो क्षेत्रबाट चुनाव जितेर गएका नेताहरू नै हुन् भन्ने जयमतीदेवीको ठहर छ।नेताहरू कमिसन खाएर केन्द्रमा बस्छन्। यहाँ केही हेर्दैनन्। नेताहरूसँग हाम्रो गुनासो छ,’ उनी भन्छिन्, ‘भोट माग्न आउँछन्, हात जोड्छन्, खुट्टामा पर्छन्। चुनाव जितेर गएपछि फर्केर आउँदैनन्।
सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद ओमविक्रम भाटले एक साताभित्र पुलको काम सुरु गर्न लगाउने बताए। उनले एक वर्षभित्र काम पूरा हुने गरी गरी काम गर्न सडक डिभिजन कार्यालयसित समन्वय हुने आश्वासन दिएका छन् पुल नभएकै कारण ज्यान गुमाउनु परेको, विद्यार्थीहरू स्कुल जान नपाएको अवस्था देखेको छु। दस वर्ष पुग्न लाग्दा पनि पुल नबन्नु लज्जास्पद कुरा हो,’ उनी भन्छन्, ‘राज्यभन्दा ठेकेदार बलियो भएको छ। अब काम नभए ठेक्का रद्द गरी नयाँबाट काम गराउन पहल गर्छु।