Logo

मंगलवार, श्रावण १२ गते २०८३

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या १, ७३६

२४ घण्टामा डिस्चार्ज हुनेको संख्या १, ७३६

जोईन खबर

२२, भाद्र २०७७
  • 1.4K
    SHARES
  • २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १, ७३६

    २२ भदौ, काठमाडौं।  बितेको २४ घण्टामा देशभर ९७९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको सोमबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४७,२३६ पुगेको छ ।  कोरोनाबाट बितेको २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ।  यससँगै मृतकको संख्या ३०० पुगेको छ।  

    images

    यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ९ हजार ६९ जना रहेका छन् भने होम आइसोलेशनमा ७ हजार १९० रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १ हजार ७३६ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३० हजार ६७७ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र २२, २०७७ सोमवार - २२:११:१० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको