२३ भदौ,काठमाडौं। बितेको २४ घण्टामा देशभर ९०२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको मंगलबारको नियमित प्रेस ब्रिफिङअनुसार देशभर कुल संक्रमितको संख्या ४८,१३८ पुगेको छ । कोरोनाबाट बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ३०६ पुगेको छ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ जना रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या २ हजार २८७ रहेको छ । यस्तै निको हुनेको कुल संख्या ३२ हजार ९६४ जना पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।