Logo

मंगलवार, श्रावण १२ गते २०८३

आज कार्तिक २३ गतेकाे राशिफल, हेर्नुस

आज कार्तिक २३ गतेकाे राशिफल, हेर्नुस

जोईन खबर

२३, कार्तिक २०८०
  • 943
    SHARES
  • आज कार्तिक  २३ गतेकाे  राशिफल, हेर्नुस

    मेष

    images

    आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

    वृष

    आज शुभ कार्यको चर्चा चल्नेछ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्नेछन् , तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

    मिथुन

    आज अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । आफ्नै कमजोरीले लक्ष्यमा पुग्न नसकिएला । कामको गति पनि सुस्त हुनेछ ।

    कर्कट

    आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

    सिंह लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ ।

    कन्या

    सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ ।

    तुला

    आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र वैदेशिक कार्यबाट राम्रो प्रतिफल मिल्नेछ ।

    वृश्चिक

    आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

    धनु

    आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

    मकर

    आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

    कुम्भ

    आज राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्नेछ ।

    मीन

    आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

    प्रकाशित मिति :कार्तिक २३, २०८० बिहिवार - १०:५४:५५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको