२२ जेठ काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पानीसँगै हावाहुरी चलेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू समस्या परेको छ ।
विमानस्थलको भिजिबिलिटी राम्रो रहेपनि तीव्र गतिमा हावाहुरी चलेसँगै जहाज उडान तथा अवतरणमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ९टीआईए० का प्रवक्ता सुवास झाले जानकारी दिए ।
आज बिहान देखिको मौसमकै कारण चीनको टाइनफुबाट काठमाडौँ आएको सिचुवान एयरको ३ यू ३९०१ जहाज ल्हासा डाइर्भट भएको छ । चीनको टाइनफुबाट बिहानको १०ः४० बजेट टीआईएमा अवतरण गर्ने समय रहेपछि तीव्र हावाहुरीका कारण जहाज ल्यान्ड ९अवतरण० गर्न नसके जानकारी दिनु भयो ।