Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

न्यायाधीश फुयाल र बिचौलिया सापकोटाको भेट प्रकरण : हिमालय होटलको सीसीटीभी फुटेज खोजिँदै

न्यायाधीश फुयाल र बिचौलिया सापकोटाको भेट प्रकरण : हिमालय होटलको सीसीटीभी फुटेज खोजिँदै

जोईन खबर

१४, कार्तिक २०८३
  • 217
    SHARES
  • न्यायाधीश फुयाल र बिचौलिया सापकोटाको भेट प्रकरण : हिमालय होटलको सीसीटीभी फुटेज खोजिँदै

    १३ कार्तिक काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल र बिचौलिया इनम सापकोटाबीच भएको भेटघाटको घटना सार्वजनिक भएपछि काठमाडौंस्थित हिमालय होटलको सीसीटीभी फुटेज खोजी सुरु गरिएको छ।

    images

    न्यायाधीश फुयालले आफूसँगै अन्य न्यायाधीशहरू पनि होटलमा भेट्न गएको खुलासा गरेपछि उनीहरूको पहिचान तथा भेटघाटको अवधि पत्ता लगाउन सरकारी वकिल कार्यालयले प्रहरीसँग होटलको सीसीटीभी फुटेज मागेको हो। स्रोतका अनुसार उक्त दिन सात जना न्यायाधीश तथा कर्मचारी होटल पुगेका थिए। होटल पुगेका व्यक्तिहरूमध्ये सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लसमेत रहेको दाबी गरिएको छ।

    images
    images
    images

    भेटघाटमा को–को सहभागी थिए, उनीहरू कति समय होटलमा बसे र भेटको उद्देश्य के थियो भन्ने विषयमा थप तथ्य पत्ता लगाउन सीसीटीभी फुटेज महत्वपूर्ण हुने देखिएको छ।यसैबीच सांसद यज्ञमणि न्यौपानेले समेत उक्त घटनासँग सम्बन्धित होटलको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेका छन्।

    न्यायालयसँग सम्बन्धित व्यक्तिहरूको बिचौलियासँग भएको भनिएको भेटघाटको विषय सार्वजनिक भएपछि यसले न्यायिक क्षेत्रको पारदर्शिता र जवाफदेहितामाथि प्रश्न उठाएको छ। यद्यपि, होटलमा पुगेका व्यक्तिहरूको पहिचान, भेटघाटको वास्तविक उद्देश्य तथा घटनासँग सम्बन्धित अन्य विवरणबारे आधिकारिक पुष्टि हुन बाँकी छ। सीसीटीभी फुटेजको अध्ययनपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

    प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १७:०२:५२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको