Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बद्रिनाथबाट देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टर दुर्घटना, पाइलटसँग सम्पर्कविहीन

बद्रिनाथबाट देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टर दुर्घटना, पाइलटसँग सम्पर्कविहीन

जोईन खबर

१४, कार्तिक २०८३
  • 139
    SHARES
  • बद्रिनाथबाट देहरादुनतर्फ आउँदै गरेको हेलिकप्टर दुर्घटना, पाइलटसँग सम्पर्कविहीन

    १३ कार्तिक काठमाडौँ। भारतको उत्तराखण्डस्थित प्रसिद्ध तीर्थस्थल बद्रिनाथ धामबाट फर्किँदै गरेको हेलिकप्टर शुक्रबार दुर्घटनामा परेको छ। दुर्घटनापछि हेलिकप्टरका पाइलटसँग अहिलेसम्म सम्पर्क स्थापित हुन नसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

    images

    प्रारम्भिक जानकारीअनुसार उक्त हेलिकप्टर बद्रिनाथबाट देहरादुनको सहस्रधाराका लागि उडेको थियो। चमोली जिल्ला हुँदै देहरादुनतर्फ आइरहेको हेलिकप्टरमा चालक दलका सदस्यबाहेक ६ जना यात्रु सवार रहेको बताइएको छ।

    images
    images
    images

    घटना सार्वजनिक हुनासाथ उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण र प्रहरीको टोली खोजी तथा उद्धार कार्यमा परिचालन भएका छन्। उद्धार टोलीले पाइलटसँग रेडियो तथा अन्य सञ्चार माध्यमबाट सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म सफलता प्राप्त हुन सकेको छैन।

    दुर्घटनाग्रस्त हेलिकप्टरको खोजी कार्यमा प्रतिकूल मौसम चुनौती बनेको छ। खराब मौसमका कारण खोजी तथा उद्धार कार्य प्रभावित भए पनि प्रशासनले ड्रोनको सहायताबाट हेलिकप्टरको सम्भावित स्थान पत्ता लगाउने प्रयास तीव्र बनाएको जनाएको छ।

    हेलिकप्टर दुर्घटनाको यकिन कारण भने अहिलेसम्म खुल्न सकेको छैन। दुर्घटनामा परेका यात्रु तथा चालक दलका सदस्यको अवस्थाबारे पनि आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको र खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

    प्रकाशित मिति :कार्तिक १४, २०८३ शुक्रवार - १६:५२:४६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको