Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपालले दियो  नेदरल्याण्ड्सलाई जितको लागि सामान्य १०७ रनको लक्ष्य

नेपालले दियो  नेदरल्याण्ड्सलाई जितको लागि सामान्य १०७ रनको लक्ष्य

जोईन खबर

२२, जेठ २०८१
  • 658
    SHARES
  • नेपालले दियो  नेदरल्याण्ड्सलाई जितको लागि सामान्य १०७ रनको लक्ष्य

    २२ जेठ काठमाडौँ ।आईसीसी टी२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा नेपालले दियो नेदरल्याण्ड्सलाई १०७ रनको सामान्य लक्ष्य  दिएको हो ।

    images

    आज बाट सुरु भएको टी२० विश्वकप  अमेरिकाको डालासस्थित ग्राण्ड प्रेरी स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा ९ विकेट गुमाएर १०६  रन मात्र जोडेको थियो ।नेपालले सुरुवातमै दुई विकेट गुमाउन पुगेको थियो । नेपालले दुवै ओपनरलाई तेस्रो ओभर भित्र गुमाएको थियो । खराब सुरुवाट पछि कप्तान रोहित पौडेल एकतर्फ डटेर क्रिजमा रहिरहे । 

    images
    images
    images

    नेपालको लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन,ओपनर आसिफ  ४ रन, अनिलले ११ रन,कुशल मल्लले ९ रन ,करण केसीले १७ रन,गुलशनले १४ रन बनाएका थिए । नेदरल्याण्ड्सका लागि टिम प्रिन्गल र लोगन भ्यान बिकले समान ३(३ विकेट लिए । नेपालले आज नियमित ब्याटर सन्दिप जोरालाई टोलीबाट बाहिर राखेको छ ।

    नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो । खेल मैदान भिजेका कारण कारण खेल आधा घण्टा ढिलो सुरु भएको थियो । 

     

    प्रकाशित मिति :जेठ २२, २०८१ मंगलवार - २३:३९:५३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको