Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

 गोरखामा बोलेरो जीप र स्कुटर एकआपसमा ठक्किदाँ दुई जना गम्भिर घाईते 

 गोरखामा बोलेरो जीप र स्कुटर एकआपसमा ठक्किदाँ दुई जना गम्भिर घाईते 

जोईन खबर

२७, जेठ २०८१
  • 682
    SHARES
  •  गोरखामा बोलेरो जीप र स्कुटर एकआपसमा ठक्किदाँ दुई जना गम्भिर घाईते 

    २७ जेठ काठमाडौँ । गोरखाको गोरखा नगरपालिकामा बोलेरो जीप र स्कुटर एकआपसमा ठोक्किदा  दुई जना गम्भीर घाइते भएका छन् । आज करिब १० बजे तिर गोरखा नगरपालिका – १० को १४ किलोमा गोरखाबजारबाट  आँबुखैरेनीतर्फ जाँदै गरेको प्रदेश ३ – ०१ – ०२३ च ५७१७ नम्बरको  बोलेरो जीप र आँबुखैरेनीबाट गोरखाबजार तिर जादै गरेको  ग २३ प ७१४ नम्बरको स्कुटर एकआपसमा  ठोकिएर दुर्घटना भएको  जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक उज्जल सिंहले  बताए ।

    images

    दुर्घटनामा घाईत हुने तनुहँ आँबुखैरनी गाउँपालिका – ३ बस्ने ३३ वर्षीय युवराज गुरुङ र आँबुखैरनीको ३ का शिवमगर गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    दुर्घटनामा घाइते स्कुटर चालकको टाउकोमा गम्भीर चोट र  अर्को घाइतेको खुट्टामा चोट लागेको छ । दुर्घटनास्थलबाट घाइतेलाई १२ किलो चौकी र स्थानीयहरुले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

    बोलेरोले चालक चितवन खैरनी गाउँपालिका – ७ बस्ने दिपक शाह र बोलेरो जीपलाई प्रहरीले नियन्त्रणमा लिएर थप  अनुसन्धन अघि बढाएको छ । 

    प्रकाशित मिति :जेठ २७, २०८१ आइतवार - १७:०५:३७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको