१३ साउन काठमाडौँ । काठमाडौँ कालो पलु नजिकै चोरी गरेर भाग्दै गरेको अवस्थामा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
चोरी कार्यमा पक्राउ परेका युवा नुवाकोट विदुर नगरपालिका वडा न १७ घर भई हाल काठमाडौँ महानगरपालिका १६ ठमेल बस्ने १९ वर्षीय विकेश शाहीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो।
चोरी गरेका शाहीले कालोपुल डेरा गरी बस्ने सुनसरी गढी गाउँपालिका घर भएका ५६ वर्षीय भूपेन्द्र तुलाधरको कोठाबाट नगद र सुनका विभिन्न गरगहना गरी करिब १० लाख ७६ हजार ६ सय १० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।
चोरी गरी भाग्दै गरेका उनलाई प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उक्त गरगहना सहित पक्राउ गरेको हो ।