Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

इलामको विमानस्थल दुई महिनादेखि बन्द, मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने 

इलामको विमानस्थल दुई महिनादेखि बन्द, मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने 

जोईन खबर

१४, श्रावण २०८१
  • 781
    SHARES
  • इलामको विमानस्थल दुई महिनादेखि बन्द, मौसममा सुधार नआउन्जेलसम्म हवाई उडान नहुने 

    १४ साउन काठमाडौँ । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ ।  यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान गर्दै आएको यस स्थानमा जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्किएको हो ।

    images

    सुकिलुम्बा विमानस्थल इलामका खराब मौसमका कारण वा मौसममा सुधार नआएको कारणले उडन हुन नसकेको उडन स्टेसनका  इन्चार्ज दिनेश सुन्दासले जानकारी दिए ।नेपाल एयरलाइन्सले २०७९ माघ १ गतेदेखि इलाम–काठमाडौँ उडान भर्दै आएको थियो । नेपाल एयरलाइन्सले सातामा आइतबार र बिहीबार गरी दुई दिन उडान भर्दै आएको थियो ।नेपाल एयरलाइन्सको विमानले उडान सुरु गर्नुअघि सीता एयरलाइन्सको विमानले उडान भर्दै आएको इन्चार्ज सुन्दासले बताए ।

    images
    images
    images

    अब यो स्थानमा मौसम सुधार भए पछि मात्र सुकिलुम्बा विमानस्थल सञ्चालनमा आउने भएको  छ । विमानस्थल इलाम नगरपालिका–९ निमार्ण गरिउको थियो । मौसम खुलेपछि नियमित उडान हुने उनले बताए ।हवाई उडान बन्द भएपछि यहाँका यात्रुलाई समस्या भएको  बताए । त्यहाँका नागरिकहरु उडन मार्फत जानु पर्ने भयो भने झापा पुग्ने गरि रहेका छन् । मौसम खुले पछि नेपाल एयरलाइनसले पहिलेको समय तालिका अनुसार विमान उडन गर्ने छ । 

    प्रकाशित मिति :श्रावण १४, २०८१ सोमवार - १६:२१:४८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको