१५ साउन काठमाडौँ । नेपाल पौडी संघले आयोजन गरेको जीवन रक्षक तालिम एककार्यक्रम बीच आजबाट सुरु भएको छ । पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि नेपाल पौडी सङ्घले जीवन रक्षक तालिम आइतबारदेखि सातदोबाटोको पौडी पोखरीमा सुरु गरेको छ ।
पौडी पोखरीमा तालिम सुरु
सङ्घले अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा आइतबारबाट उक्त तालिम सुरु गरेको हो । तालिममा चार महिला र ५३ पुरुष गरी कुल ५७ जना प्रशिक्षार्थी सहभागी छन् । सङ्घले निरन्तर दुई सय मिटर पौडी खेल्न सक्ने प्रशिक्षार्थीलाई मात्र उक्त तालिममा सहभागिता गराएको थियो । प्रशिक्षण गराउन गरिएको कौशल परीक्षणमा तीन जना सहभागी भने उक्त प्रशिक्षण तालिममा सफल हुन सकेनन् ।
पौडी पोखरीमा तालिमको उद्घाटन
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का निमित्त सदस्यसचिव अन्जन धमलाले उक्त तालिमको उद्घाटन गरेका थिए ।उद्घाटन कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले तालिमको महत्व र आवश्यकताबारे धारणा राखेका थिए । तालिम २०८१ साउन १९ गतेसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । पछिल्ला समय पौडी पोखरीहरूमा डुबेर ज्यान गुमाउने घटना बढ्न थालेपछि सङ्घले यो कार्यक्रम अगाडि बढाएको हो ।
पौडी पोखरीमा तालिम लिने प्रशिक्षार्थीहरू