Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

जोईन खबर

२७, भाद्र २०८१
  • 706
    SHARES
  • क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ

    २७ भदौ काठमाडौँ । वैदेशिक रोजगारमा क्यानडा र इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनीहरुले आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेका थिए । यस पक्राउ पर्नेहरूमा काठमाडौं कलंकी बस्ने रोल्पा माडी गाउँपालिका-१ जवाड घर भएका २९ वर्षीय रण बहादुर घर्ती र काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका-४ घर भएका ३४ वर्षीय कर्ण सिंह साउद रहेका छन् ।

    images
    images
    images

    पक्राउ मध्ये रण बहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जना पीडितबाट १ करोड ६५ लाख रूपैयाँ र कर्ण सिंहले इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रण बहादुरलाई काठमाडौं महानगरपालिका-१६ बनस्थलीबाट र कर्ण सिंहलाई काठमाडौं महानगरपालिका-२८ बागबजारबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल काठमाडौं पठाइएको छ । 

    प्रकाशित मिति :भाद्र २७, २०८१ बिहिवार - ११:५५:४१ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको