Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक 

नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक 

जोईन खबर

२८, भाद्र २०८१
  • 625
    SHARES
  • नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक 

    २८ भदौ काठमाडौँ । नेपाल क्रिकेट संघ ९क्यान०ले नेपाल प्रिमियर लिगका ८ मार्की खेलाडीको नाम सार्वजनिक गरेको छ ।

    images

    नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल, स्पिनर सन्दीप लामिछाने, अलराउन्डर दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी, करण केसी, अलराउन्डर कुशल मल्ल, ओपनर कुशल भुर्तेल र आसिफ शेखको नाम मार्की खेलाडीमा सार्वजनिक गरेको छ ।

    images
    images
    images

    तर कुन खेलाडीलाई कस्ले किन्ने त्यो भने शनिबार एक पत्रकार सम्मेलन गर्दै लक्की ड्र मार्फत छनोट हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

    मार्की खेलाडीको छनोट लक्की ड्र मार्फत निर्धारण हुनेछ’, लामाले भने ।एनपिएल आगामी नोभेबर ३० देखि २१ डिसेम्बरसम्म हुनेछ । प्रतियोगितामा काठमाडौं, चितवन, पोखरा, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, जनकपुर र विराटनगर छन् ।

    प्रकाशित मिति :भाद्र २८, २०८१ शुक्रवार - १५:२५:४२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको