२६ कात्तिक काठमाडौँ । सङ्खुवासभाको चिचिला गाउँपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । घटनाको छानविन गर्दा चिचिला गाउँपालिका वडा न ३ का ३६ वर्षीय विकास राईको शव रहेको प्रहरीले जनाएको छ ।
चिचिला-३ खर्सुस्थित लप्सीभिरमा बाटोदेखि करिब एक मिटर तल भिरमा अड्किएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
उनले शव सडेको अवस्थामा फेला परेको र विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिए । शव हाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी पठाइएको छ ।
हत्यामा सङ्लग्न भएको आरोपमा चिचिला-३ कै ३५ वर्षीय प्रदीप राईलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान गरि रहेको छ ।