Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

जोईन खबर

२६, कार्तिक २०८१
  • 775
    SHARES
  • टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

    २६ कात्तिक काठमाडौँ । टिआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन आयोजक ठुंग्रम इन्टरनेश्नल एकेडेमीले विजयी सुरुवात गरेको छ।काठमाडौंको हात्तिगौंडास्थित टिआईएको कोर्टमा भएको खेलमा घरेलु टोलीले श्री मंगलदिप स्कुललाई २५ का विरुद्ध ३७ स्कोले हरायो ।

    images

    टिआईएको जितमा क्रिश ओलीले १७ स्कोरको योगदान गरे ।टिआईइले पहिलो क्वार्टरमा ११–५, दोस्रोमा १३–१० र तेस्रोमा ६–४ को आग्रता कायम राखेको थियो । चौथो क्वार्टरमा भने दुबै टिमले ६–६ स्कोर गरेका थिए ।प्रतियोगिताको उद्घाटन बुढानिलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गर्नुभएको थियो ।

    images
    images
    images

    टिआईएसँगै प्रतियोगिताको छात्रतर्फ आज भएको खेलमा दुर्गा भवानी एकेडेमी, ज्ञाननिकेतन र विल्सन एकेडेमी विजयी भए । छात्रातर्फ निम्स, भक्तपुर निस्ट र भ्याली पब्लिक स्कुलले पनि विजयी सुरुवात गरे ।प्रतियोगितामा छात्र र छात्रातर्फ १६–१६ वटा टिमको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगिताको फाइनल आउँदो आइतबार हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २६, २०८१ सोमवार - २१:१६:४७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको