२ मंसिर काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिकाकी २० वर्षीया रबिना चन्द आफ्नो साहस र आत्मविश्वासले नयाँ इतिहास रच्दै सार्वजनिक सवारी साधन हाँक्ने जिल्लाकै पहिलो महिला बनेकी छन्।
रबिनाले कानूनी रुपमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेर सार्वजनिक यातायात चलाउने ड्राइभरको रूपमा आफ्नो यात्रा सुरु गरेकी हुन्।
कम उमेरमै सवारी चालकको भूमिका निर्वाह गर्दै, रबिनाले परम्परागत रूपमा पुरुषको वर्चस्व रहेको क्षेत्रमा आफ्नो क्षमता प्रमाणित गरेकी छन्। सवारी चलाउन थालेपछि मलाई धेरै चुनौती आए, तर मैले आफ्नो आत्मबलले ती सबै सामना गरेकी छु चालक रविनाको भनाई छ ।
उनलाई स्थानीय समुदाय, परिवार र साथीहरूबाट पनि प्रशंसा र समर्थन प्राप्त भएको छ।रबिना चन्दको यो उदाहरणले जिल्लाभरिका अन्य महिलाहरूलाई आफ्नो सपनाको पछाडि लाग्न र परम्परागत सोचलाई चुनौती दिन हौसला दिएको छ। उनलाई देशभर नै महिलाहरूको साहस र दृढतालाई सम्मानित गर्न सघाउ पुर्याएको छ।