Logo

मंगलवार, कार्तिक ११ गते २०८३

एनपीएलको तेस्रो संस्करणका लागि गगन थापाको शुभकामना, नेपाली क्रिकेटले अझ उचाइ हासिल गर्ने विश्वास

एनपीएलको तेस्रो संस्करणका लागि गगन थापाको शुभकामना, नेपाली क्रिकेटले अझ उचाइ हासिल गर्ने विश्वास

जोईन खबर

१०, कार्तिक २०८३
  • 292
    SHARES
  • एनपीएलको तेस्रो संस्करणका लागि गगन थापाको शुभकामना, नेपाली क्रिकेटले अझ उचाइ हासिल गर्ने विश्वास

    ९ कार्तिक काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको सफलताको कामना गर्दै खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) तथा क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका छन्।

    images

    थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना व्यक्त गर्दै नेपाली क्रिकेटले हासिल गरेको उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको उल्लेख गरेका छन्।

    images
    images
    images

    “नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ,” उनले लेखेका छन्।

    सीमित स्रोतसाधन र अनेक कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको प्रशंसा गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन्।

    एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास, खेलाडीको प्रतिभा प्रदर्शन तथा क्रिकेटप्रतिको आकर्षण बढाउन थप योगदान पुर्‍याउने अपेक्षासहित थापाले प्रतियोगितामा सहभागी सबैलाई शुभकामना दिएका हुन्।

    प्रकाशित मिति :कार्तिक १०, २०८३ सोमवार - १५:१४:१७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको