Logo

बिहिवार, श्रावण १४ गते २०८३

सुनको मूल्य दोश्रो दिन पनि सस्तियो तोलामा कति ?

सुनको मूल्य दोश्रो दिन पनि सस्तियो तोलामा कति ?

जोईन खबर

१२, जेठ २०८०
  • 676
    SHARES
  • सुनको मूल्य  दोश्रो दिन  पनि  सस्तियो  तोलामा कति ?

    १२ जेठ काठमाडौं । सुनको मूल्य लगातार दोश्रो दिन सस्तिएको छ । सुन तोलामा ५०० रुपैयाँले गिरावट भएको हो । चाँदी पनि निरन्तर पाँच दिनदेखि ओरालो लागिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ३०० रुपैयाँमा झरेको छ । यसैगरी, एक लाख ७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा एक हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ८ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

    images

    साताभरमा सुन प्रतितोला ९०० रुपैयाँले घटेको महासंघको तथ्यांकमा देखिन्छ । जेठ ५ अर्थात् गत शुक्रबार सुन प्रतितोला एक लाख ९ हजार २०० रुपैयाँ तोकिएको थियो । चाँदीको मूल्य निरन्तर पाँचौ दिन गिरावट भएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला एक हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।

     

    प्रकाशित मिति :जेठ १२, २०८० शुक्रवार - १३:१८:०० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको