Logo

बिहिवार, श्रावण १४ गते २०८३

सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम

सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम

जोईन खबर

१४, जेठ २०८०
  • 733
    SHARES
  • सबैभन्दा धेरै आयकर तिर्ने सार्वजनिक संस्थामा नेपाल टेलिकम

    १४ जेठ काठमाडौ । नेपाल सरकारको सञ्चित कोषमा सबैभन्दा धेरै योगदान गर्ने सार्वजनिक संस्थाको सूचीमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अर्थात नेपाल टेलिकम रहेको छ ।अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०८० रिपोर्टका अनुसार नेपाल टेलिकमले सबैभन्दा धेरै आयकरमा योगदान गरेको हो ।

    images

    रिपोर्टका अनुसार नेपाल टेलिकमले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ आयकर योगदान गरेको छ । सो आर्थिक वर्षमा सरकारले सार्वजनिक संस्थानबाट प्राप्त गरेको कुल १४ अर्ब ३८ करोड १८ लाख आयकरमा नेपाल टेलिकमको योगदान त्यति देखिएको हो ।

     
     

    प्रकाशित मिति :जेठ १४, २०८० आइतवार - १७:१९:२९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको