Logo

मंगलवार, श्रावण १२ गते २०८३

यसरी हुँदै छ, जनकपुर–जयनगर रेल उद्घाटन

यसरी हुँदै छ, जनकपुर–जयनगर रेल उद्घाटन

जोईन खबर

१८, चैत्र २०७८
  • 1.5K
    SHARES
  • यसरी हुँदै छ, जनकपुर–जयनगर रेल उद्घाटन

    काठमाडौं । जनकपुर–जयनगर रेल प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल रूपमा उद्घाटन गर्ने भएका छन् । शनिबार दिल्लीको हैदरवाद हाउसबाट संयुक्त रूपमा रेल उद्घाटन गर्ने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा आज त्यसतर्फ जाँदै छन् । 

    images

    नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दिल्लीको हैदरवाद हाउसबाट संयुक्तरूपमा रेल उद्घाटन हुने र रेल कुर्था पुगेर फर्केपछि जनकपुरधाममा पनि उद्घाटन गरिने जानकारी दिए । 

    उद्घाटनपछि आइतबारदेखि दैनिक आउने–जाने गरी रेल दुईपटक चल्ने महाप्रबन्धक झाले जानकारी दिए । उनका अनुसार बिहान साढे ८ बजे जयनगरबाट कुर्थाका लागि रेल चल्नेछ । दुई घन्टामा कुर्था स्टेसन पुग्ने बताइएको छ । 

    कुर्थाबाट पौने ११ बजे जयनगरका लागि रेल प्रस्थान गर्ने समय तालिका छ । सो रेल साढे १२ बजे जयनगर स्टेसनमा पुग्नेछ ।

    जयनगर गएको रेल पुनः ३ बजे फर्केर आउनेछ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका सवा ५ बजे फर्कने गरी तालिका निर्धारण गरिएको छ । 

    टिकट अनलाइन र अफलाइन दुवै माध्यमबाट लिन सकिने व्यवस्था गरिएको छ । नेपाल रेल्वे कम्पनीले जनकपुरधामदेखि जयनगरसम्मको भाडा सामान्य कोचको ७० र एसी कोचको ३५० रुपैयाँ निर्धारण गरिएको छ ।

    जनकपुर–जयनगर रेल उद्घाटन कार्यक्रममा सहभागी हुन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव शुक्रबार जनकपुर आइसकेकी छिन् ।

    प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - १२:५८:०३ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको