Logo

मंगलवार, श्रावण १२ गते २०८३

पार्टीसहित पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

पार्टीसहित पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

जोईन खबर

८, चैत्र २०७८
  • 958
    SHARES
  • पार्टीसहित पूर्वमन्त्री सिंह र अभिनेत्री मानन्धर आज एमालेमा प्रवेश गर्दै

    आफ्नो नेतृत्वमा रहेको समाजवादी जनता पार्टी (सजपा) सहित पूर्वमन्त्री प्रेमबहादुर सिंह र अभिनेत्री करिश्मा मानन्धर आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्। 

    images

    उनीहरूलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए। 

    ‘पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा समाहित हुन लागेको हो’, प्रचार विभागका उपप्रमुख रिजालले मंगलबार बिहान नेपालखबरसँग भने, ‘अभिनेत्री करिश्मा मानन्धर पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ।’ 

    सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका थिए। 

    यस्तै अभिनेत्री मानन्धरले डा. बाबुराम भट्टराईको नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीबाट दलगत राजनीति सुरु गरेकी थिइन्। तर पछि निष्क्रिय रहिन्। अहिले फेरि एमालेबाट राजनीतिक यात्रा अगाडि बढाउन लागेकी हुन्। 

     

    प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - १०:३४:४६ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको