१६ जेठ काठमाडौ । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेको छ।आइतबार १७.३५ अंक घटेर १९४१.७७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.२६ अंक बढेर १९४४.०३ विन्दुमा पुगेको छ। सेसनमा सेन्सेटिभ इण्डेक्स भने १ अंक बढेको छ।
मंगलबार प्रि ओपन सेसनमा २१ स्टकको १७ लाख ३ हजार ४६५ रुपैयाँ बराबरको ५ हजार ४८५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।