१८ जेठ काठमाडौ । बिहीबार सुनको भाउ ऐतिहासिक उचाईमा पुगेको छ । सुन तोलामा ५०० रुपैयाँले महंगिएको छ । छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि यस दिन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन तोलामा नै एक हजार ५०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार रुपैयाँ पुगेको थियो । त्यसअघि वैशाख २१ गतेसुनको भाउ ऐतिहासिक उचाइमा पुगेको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँको उंचाइमा पुगेको थियो ।सरकारले भन्सार दर बढाएसँगै सुनको भाउ आकाशिएको हो । आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत सरकारले विलासिताको वस्तुको रुपमा सुन र चाँदीमा भन्सार बढाएको छ ।
चाँदीको मूल्य पनि निरन्तर तीन दिन महंगिएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढोत्तरी हुँदा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।