Logo

मंगलवार, कार्तिक ११ गते २०८३

भारतले हवाइ रुट नदिने मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहाल निराश

भारतले हवाइ रुट नदिने मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहाल निराश

जोईन खबर

१८, जेठ २०८०
  • 769
    SHARES
  • भारतले हवाइ रुट नदिने  मोदीसँगको भेटपछि प्रधानमन्त्री दाहाल निराश

    १८ जेठ काठमाडौ । भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको लागि भारतले हवाइ रुट नदिने भएको छ । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको आजको भेटवार्तामा यो विषय उठाउँदा मोदीले  नेपालगञ्जबाट १५ हजार फिट मा उडेर आवातजावत गर्न दिनेगरि सहज वातावरण बनाउने जवाफ दिएका छन् ।

    images

     प्रधानमन्त्री दाहालको यस भ्रमणमा यो विषय नेपालले महत्वको साथ उठाउने पूर्व घोषणा नै गरेको थियो । नेपालले भैरहवा र महेन्द्रनगरबाट नेपाल प्रवेश गर्ने रुटमा भारतले सहजीकरण गर्ने विश्वास राखेको थियो । तर, प्रधानमन्त्री दाहालको आज मोदीसँग भएको भेटले यो विषय फेरि ओझेलमा परेको छ । नेपालको प्रस्तावमा मोदी नै सकारात्मक नबनेको बुझिएको छ ।

    images
    images
    images

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १३:५२:३८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको