Logo

मंगलवार, श्रावण १२ गते २०८३

कांग्रेसले गोरखा १ बाट युवा नेता  बस्ताकोटीलाई उम्मेदवार बनाउने

कांग्रेसले गोरखा १ बाट युवा नेता  बस्ताकोटीलाई उम्मेदवार बनाउने

जोईन खबर

३, माघ २०८२
  • 700
    SHARES
  • कांग्रेसले गोरखा १ बाट युवा नेता  बस्ताकोटीलाई उम्मेदवार बनाउने

    ३ माघ काठमाडौँ । नेपाली कांग्रेसले गोरखा निर्वाचन क्षेत्र नं. १ बाट युवा नेता युवराज बस्ताकोटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  कांग्रेसको मौलिक संस्कार, लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक मर्यादाको निरन्तर पक्षपोषण गर्दै आएका बस्ताकोटीलाई अघि सार्नु पार्टीको पछिल्लो समय कमजोर बन्दै गएको छवि सुधार्ने महत्वपूर्ण अवसर हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।

    images

    २०५३ सालदेखि प्रदीप, गगन र गुरुराज समूहसँगै सडक संघर्षमा सक्रिय बस्ताकोटी २०६२–६३ को ऐतिहासिक जनआन्दोलनमा अग्रपंक्तिमा उभिएर संघर्ष गरेका नेता हुन्। आन्दोलनका क्रममा पटक–पटक प्रहरीको लाठी सहँदै लोकतन्त्र, विधि र सिद्धान्तको पक्षमा अडिग रहेका उनी अवसरभन्दा आदर्श र मूल्यलाई प्राथमिकता दिने निष्ठावान नेताका रूपमा परिचित छन्। ‘प्रदीप टिम’ सँग आबद्ध रहँदा गोरखामा राजनीतिक रूपमा अन्याय भोगेका बस्ताकोटी त्याग र निष्ठाको प्रतीक मानिन्छन्।चार पुस्तादेखि नेपाली कांग्रेसको आन्दोलनमा संलग्न उनको परिवारबाट अहिलेसम्म कसैले पनि लाभको पद नलिएको तथ्यले उनको स्वच्छ, निष्कलंक र भरोसायोग्य छविलाई अझ मजबुत बनाएको छ। उच्च शिक्षा, स्पष्ट राजनीतिक तथा आर्थिक दृष्टिकोण, सुदृढ नैतिक आचरण र समाजका लागि केही गर्ने दृढ इच्छाशक्तिले उनलाई समकालीन राजनीतिज्ञहरूमाझ अलग पहिचान दिलाएको छ।

    बस्ताकोटीले सधैँ पार्टीका अग्रज नेताहरूका सकारात्मक योगदानलाई सम्मान गर्नुपर्ने धारणा राख्दै आएका छन्। गाली–गलौज, आरोप–प्रत्यारोप र अराजक अभिव्यक्तिले पार्टी कमजोर बनाउने भन्दै उनले पार्टी एकता, अनुशासन र संस्कारयुक्त राजनीतिक अभ्यासमा निरन्तर जोड दिँदै आएका छन्। पार्टीको दीर्घकालीन हितका लागि सैद्धान्तिक स्पष्टता र पुनर्संरचनाको आवश्यकता औँल्याउँदै आएका उनी परिवर्तनका नाममा देखिने विकृति र विचलन रोक्न सचेत र निष्पक्ष भूमिकामा देखिन्छन्।

    प्रदीप, गुरु, विश्व र गगन समूहसँग नजिक रहेर पनि गलतलाई गलत र सहीलाई सही भन्न सक्ने साहस राख्ने बस्ताकोटी सानै उमेरदेखि अनुशासन, राजनीतिक संस्कार र लोकतान्त्रिक मूल्यमा आधारित राजनीति गर्दै आएका नेता हुन्। उदारवादी अर्थतन्त्रको पक्षधर रहेका उनी शिक्षा र विकास रणनीतिमार्फत देशका उर्वर स्रोत साधनको प्रभावकारी परिचालन गर्न सकिने विषयमा अध्ययन, अनुसन्धान र स्पष्ट नीति दृष्टिकोण प्रस्तुत गर्ने क्षमताका कारण बौद्धिक युवा नेताको रूपमा चिनिन्छन्।कारोबारी राजनीतिले भ्रष्टाचारलाई प्रश्रय दिन्छ भन्ने स्पष्ट धारणा राख्ने र जेन–जी पुस्ताको भावना बुझ्न सक्ने क्षमता भएका बस्ताकोटी सर्वसाधारणका लागि स्वीकार्य पात्र बनेका छन्। सहिद डिल्लीराम न्यौपानेका भान्जा समेत रहेका बस्ताकोटीको क्रान्तिकारी छविका कारण कम्युनिस्ट पृष्ठभूमिका सर्वसाधारण मतदातामाझ समेत उनको लोकप्रियता बढ्दै गएको देखिन्छ।

    युवराज बस्ताकोटीलाई उम्मेदवार बनाउँदा “राजनीति सही दिशातर्फ फर्कँदैछ” भन्ने स्पष्ट सन्देश जाने, पार्टी कार्यकर्ता तथा युवापंक्तिमा नयाँ ऊर्जा थपिने र नेपाली कांग्रेसले पछिल्लो समय गुमाउँदै गएको जनविश्वास पुनः आर्जन गर्न सकिने विश्वास गोरखाली जनताले व्यक्त गर्न थालेका छन्। त्यसैले गोरखा–१ बाट युवराज बस्ताकोटी कांग्रेसका लागि जित सुनिश्चित गर्न सक्ने आशालाग्दा उम्मेदवार हुन सक्ने निष्कर्षमा धेरै स्थानीय पुगेका छन्।

     

    प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - २२:२७:३४ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको