Logo

शुक्रवार, भाद्र २६ गते २०८३

नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री  कार्की र एमाले अध्यक्ष ओलीबीच दोस्रो दिन पनि भेटवार्ता

नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री  कार्की र एमाले अध्यक्ष ओलीबीच दोस्रो दिन पनि भेटवार्ता

जोईन खबर

२०, श्रावण २०८३
  • 391
    SHARES
  • नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला मुख्यमन्त्री  कार्की र एमाले अध्यक्ष ओलीबीच दोस्रो दिन पनि भेटवार्ता

    २० साउन काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन्।मंगलबार पनि उनीहरूबीच कोशी प्रदेशको समसामयिक राजनीतिक अवस्था र सरकारको नेतृत्वबारे छलफल भएको थियो। बुधबार पुनः भएको भेटलाई कोशी प्रदेश सरकारको आगामी नेतृत्व र सत्ता समीकरणसँग जोडेर हेरिएको छ।

    images

    नेकपा (एमाले)र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भइसकेको छ। सोही सहमतिअनुसार कोशी प्रदेशमा एमाले नेतृत्वकै सरकारलाई निरन्तरता दिने समझदारी बनेको बताइएको छ।

    यद्यपि, एमालेभित्र भने मुख्यमन्त्री हिक्मत कार्कीलाई संसदीय दलको नेताबाट हटाएर नयाँ नेता चयन गरी मुख्यमन्त्री परिवर्तन गर्ने विषयमा आन्तरिक छलफल भइरहेको स्रोतहरूको दाबी छ। विशेषगरी एमाले नेता शेरधन राई पक्षले कार्कीको स्थानमा अर्का नेतालाई मुख्यमन्त्री बनाउने प्रयास गरिरहेको चर्चा छ।

    मुख्यमन्त्री कार्कीले भने आफू स्वेच्छाले राजीनामा नदिने अडान दोहोर्‍याउँदै आएका छन्। उनले आफ्नो राजीनामाले कोशी प्रदेश सरकारमा संवैधानिक जटिलता र राजनीतिक अस्थिरता उत्पन्न हुन सक्ने बताउँदै आएका छन्।

    यसैबीच, कार्की र ओलीबीचको पछिल्लो भेटवार्तामा कोशी प्रदेश सरकारको नेतृत्व, दलभित्रको आन्तरिक व्यवस्थापन तथा आगामी राजनीतिक रणनीतिबारे गम्भीर छलफल भएको अनुमान गरिएको छ। यद्यपि, भेटवार्तापछि दुवै पक्षबाट औपचारिक धारणा सार्वजनिक गरिएको छैन।कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने वा वर्तमान मुख्यमन्त्री कार्कीले नै सरकारको नेतृत्वलाई निरन्तरता दिने भन्ने विषयमा अब एमालेको आगामी निर्णयलाई चासोका साथ हेरिएको छ।

    प्रकाशित मिति :श्रावण २०, २०८३ बुधवार - १६:०५:५१ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको