Logo

बिहिवार, श्रावण १४ गते २०८३

साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेप्से अन्तिम कारोबार दिन भने बढेर बन्द

साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेप्से अन्तिम कारोबार दिन भने बढेर बन्द

जोईन खबर

१८, जेठ २०८०
  • 724
    SHARES
  • साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेप्से अन्तिम कारोबार दिन भने बढेर बन्द

     १८ जेठ काठमाडौ । पहिलो कारोबार दिनदेखि निरन्तर घटेर बन्द भएको नेप्से परिसूचक अन्तिम कारोबार दिन भने बढेर बन्द भएको छ। बिहीबार नेप्से परिसूचक १६.५४ अंक बढेर १८६६.३४ विन्दुमा पुगेको छ। पछिल्लो तीन कारोबार दिनमा करिब ११० अंक घटेको नेप्से यस दिन बाउन्स भएको हो। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स सेन्सेटिभ इण्डेक्स २.१९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७० अंक बढेको छ।

    images

    दुई कारोबार दिनमा २ अर्बभन्दा बढीको शेयर कारोबार भएको बजारमा यस दिन २७२ स्टकको २९ हजार ९२२ पटकको कारोबारमा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको ६१ लाख २८ हजार कित्ता शयर खरिदबिक्री भएको छ। नेप्से बढ्दा भोल्यूम घट्नुले बजार बलियो नभएको संकेत गर्दछ।

     सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बिपीडब्लुको शेयरमूल्य यस दिन ६ प्रतिशतभन्दा बढी बढेको छ भने एशियन हाइड्रोपावर र पाँचथर पावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको सनराइज फोकस्ड इक्विटी फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत घटेको छ। पछिल्ला कारोबार दिनहरुमा निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार भएको आत्मनिर्भर लघुवित्तको शेयरमूल्य यस दिन ५.४२ प्रतिशत घटेको छ।

     

    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १५:३०:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको