१९ जेठ काठमाडौ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ४ पैसा तथा डिजेल प्रतिलिटर २ रुपैयाँ ११ पैसा बढेर आएको हो । हवाई इन्धनको मूल्य भने प्रतिलिटर ७ रुपैयाँ घटेर नयाँ मूल्य सूची आएको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर ४९ रुपैयाँ मूल्य घटेर आएको छ।
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले १५–१५ दिनमा इन्धनको परिमार्जित मूल्य सूची पठाउने गर्छ । हाल निगमले उपभोक्तालाई पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल र मट्टितेल १५५ रुपैयाँमा बेच्दै आएको छ ।