Logo

बिहिवार, श्रावण १४ गते २०८३

आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तियाे

आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तियाे

जोईन खबर

२१, जेठ २०८०
  • 703
    SHARES
  • आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तियाे

    २१ जेठ काठमाडौ । सुनको भाउमा भारी गिरावट भएको छ । आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले सस्तिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँमा झरेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।यसअघि, लगातार तीन दिन सुनको भाउ वृद्धि भएर नयाँ रेकर्ड कायम गरेको थियो । आर्थिक वर्ष २०८०/८१को बजेट घोषणापछि नै सुन पाँच हजार २०० रुपैयाँले बढोत्तरी भएको महासंघको तथ्यांकमा उल्लेख छ ।

    images

    शुक्रबार पनि सुन तोलामा ८०० रुपैयाँले महंगिएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँ रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।सातको पहिलो दिन, चाँदीको मूल्य पनि सस्तिएको छ । निरन्तर चार दिन बढेको चाँदी यस दिन तोलामा २० रुपैयाँले गिरावट भएको छ । 

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १४:४६:१२ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको