Logo

बिहिवार, श्रावण १४ गते २०८३

बजेटमा कर घटेपछि हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घट्यो

बजेटमा कर घटेपछि हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घट्यो

जोईन खबर

२१, जेठ २०८०
  • 778
    SHARES
  • बजेटमा कर घटेपछि हुन्डाई आयोनिक फाइभको मूल्य १४ लाख रुपैयाँले घट्यो

    २१ जेठ काठमाडौ । आगामी आर्थिक बर्षको बजेट मार्फत सयदेखि दुई सय किलोवाट मोटर जडित गाडीको कर घटेपछि कम्पनीहरुले विद्युतीय गाडीको मूल्य घटाएका छन् । ५० देखि सय किलोवाट मोटर क्षमताका गाडीमा १५ प्रतिशत भन्सार,१० प्रतिशत अन्तशुल्क,१०० देखि २०० किलोवाट मोटर क्षमताका गाडीलाई २०/२० प्रतिशत भन्सार र अन्तशुल्क कायम गरेको छ । यस अघि सयदेखि २०० क्षमताका गाडीमा ३० प्रतिशत अन्तशुल्क लगाइएको थियो ।

    images

    त्यस्तै २०० देखि ३०० किलोवाटसम्मका गाडीलाई ४० प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तशुल्क लगाएको छ । ३०० किलोवाट माथिका गाडी आयातमा ६०/६० प्रतिशत भन्सार र अन्तशुल्क कायम गरिएको छ ।५८ किलोवाट आवरको ब्याट्री दिएको छ । यो गाडी नेपाली बजारमा आउँदा ८१ लाख मुल्य तोकिएको थियो ।तर, तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ठूला सेग्मेन्टका विद्युतीय गाडीमा कर बढाएपछि आयोनिक फाइभसहित सय किलोवाट माथिका गाडीको मूल्य बढाएको थियो ।हुन्डाइसहित बिवाईडी एटो थ्रि १५० किलोवाट,एमजी जेटएस इभि,किया लगाएतका विद्युतीय गाडीको मूल्य १० देखि १६ लाखसम्म मुल्य घटाएका छन् ।

     
     
     

    प्रकाशित मिति :जेठ २१, २०८० आइतवार - १४:५८:३० बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको