२२ जेठ काठमाडौ । प्रभु बैंकले विद्युतीय सवारीसाधनमा कर्जा प्रबाह गर्न भन्दै लक्जेम्बर्गको एमएसएमई इन्टरप्राइजेज बन्ड एसएबाट ५० लाख अमेरिकी डलर कर्जा ल्याएको छ । कम्पनी ल्याएको उक्त रकम अहिलेको डलर मूल्य अनुसार ६५ करोड ५० लाख रुपैयाँ बराबर हो । विश्व वातावरण दिवसको अवसर पारेर बैंकले दिएको जानकारी अनुसार उक्त ५० लाख अमेरिकी डलर बैंकले ४ वर्षको लागि कर्जा सुविधामा ल्याएको हो ।
उक्त रकम विद्युतीय साधन किन्न चाहनेलाई कर्जा दिनेगरी ल्याइएको हो । बैंकले विद्युतीय सार्वजनिक यातायात र निजी प्रयोगमा प्रयोग हुने दुबै साधनमा कर्जा दिन प्रयोग गर्नेछ । बैंकले यस्तै कर्जा अन्य देशमा रहेको वित्तीय संस्थाबाट पनि ल्याउन पहल भइरहेको जनाएको छ ।