२२ जेठ काठमाडौ । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । सुन आइतबारकै भाउमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ६०० रुपैयाँ कायम रहेको छ ।तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँमा खरिदबिक्री हुँदैछ । आइतबार सुन तोलामा एक हजार ७०० रुपैयाँले गिरावट भएको थियो । यस दिन चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
हिजो चाँदी तोलामा २० रुपैयाँले सस्तिएको थियो ।विश्व बजारमा भने साेमबार यस दिन सुन प्रतिअउन्स तीन डलर बराबरले गिरावट भएर एक हजार ९४४ डलरमा काराेबार भइरहेकाे छ । चाँदी पनि आज सस्तिदा २३ डलर भन्दा बढिमा काराेबार भइरहेकाे छ ।