Logo

बिहिवार, श्रावण १४ गते २०८३

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो

नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुट्यो

जोईन खबर

२२, जेठ २०८०
  • 739
    SHARES
  • नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा  जुट्यो

    २२ जेठ काठमाडौ । नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा जुटेको छ।बजेटपछि केन्द्रिय बैंक आर्थिक वर्ष २०८०/८१ को लागि मौद्रिक नीतिको तयारी सुरु गरेको हो।

    images

    केन्द्रिय बैंकले मौद्रिक नीतिमा समेट्नुपर्ने सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।आगामी आर्थिक वर्षको मौद्रिक नीतिको लागि असार १० गतेभित्र आर्थिक अनुसन्धान विभागमा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।बैंकले अर्थतन्त्रलाई चलायमान बनाउनको लागि केहि लचक नीति लिनुपर्ने सबैको माग छ।

    अर्थमन्त्री प्रकाशशरण महतले समेत अर्थतन्त्र चलायमान बनाउन बजेटले केहि कुरा सम्बोधन गरेको र बाँकी कुरा मौद्रिक नीतिमार्फत सहजिकरण गरिने बताएका थिए।अर्थतन्त्रको बाह्य अवस्था नकारात्मक रहेको कारण कडा मौद्रिक नीति लिएको केन्द्रिय बैंकले बाह्य क्षेत्रमा सुधार भएपछि आफ्नो नीतिलाई केहि लचक बनाएको छ।

    प्रकाशित मिति :जेठ २२, २०८० सोमवार - १५:३९:३९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको